
गोरखामा जडिबुटी खोज्न जाँदा भीरबाट लडेर मुत्यु – Online Khabar
७ असोज, गोरखा । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनीसहितको समूह लेक गएको थियो । ‘यो समयमा सो क्षेत्रका स्थानीय जडिबुटी खोज्न लेक जान्छन्, त्यो ठाउँमा पुग्न गाउँबाट दुई दिन पैदल जानुपर्छ,’ उनले भने । टाढा भएकाले खबर आउन ढिला भएको उनको भनाइ छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More