2021-03-01Monday चुनाव चिह्न हलो राखेर दल दर्ता गर्ने राप्रपामा सहमति – Online Khabar – Hamro Nepal

चुनाव चिह्न हलो राखेर दल दर्ता गर्ने राप्रपामा सहमति – Online Khabar


५ असोज, काठमाडौं । छ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।

एकिकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको राप्रपा एक अध्यक्षले जानकारी दिए ।

हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो । ती अध्यक्षका अनुसार कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान लिएका थिए ।

चुनाव चिह्नबारे औपचारिक निर्णय भने मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकले गर्ने एक नेताले जानकारी दिए ।

बैशाखमा महाधिवेशन

एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् । यद्यपि कतिपय नेताहरूले मंगलबार शुभबार नभएको तर्क गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी एकता प्रक्रिया टुंग्याउने विषयमा महत्वपूर्ण निर्णयको स्विकारे । श्रेष्ठले अनलाइनखबरसँग भने, ‘देशलाई बलियो राष्ट्रवादी शक्तिको आवश्यकता महशुस गरेर पार्टी एकता जोगाउन भावनात्मक रुपले कठिन निर्णय गरेका छौं ।’

२४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी पार्टी एकिकरण घोषणा भएको थियो । पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र साझा संस्थाको रुपमा राजसंस्था रहने राप्रपाको दस्तावेजमा उल्लेख छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>