2021-02-24Wednesday सनले चार गोल गरेपछि टोटनहमको शानदार जित – Online Khabar – Hamro Nepal

सनले चार गोल गरेपछि टोटनहमको शानदार जित – Online Khabar


४ असोज, काठमाडौं । दक्षिण कोरियाली खेलाडी हेउन मिन सन एक्लैले चार गोल गरेपछि टोटनहम हट्सपरले प्रिमियर लिगमा आइतबार साउथह्याम्पटनलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

टोटनहमले साउथह्याम्पटनलाई उसैको मैदान ५-२ ले पराजित गरेको हो ।

खेलमा एक गोलले पछि परे पनि सनले लगातार चार गोल गरेपछि टोटनहमले पुनरागमन गर्दै खेल  जित्न सफल  भयो । साउथह्याम्पटनका लागि दुवै गोल ड्यानी इङ्गसले गरे ।

खेलको तेस्रो मिनेटमै टोटनहमका ह्यारी केनले गोल गरे पनि भीएआर रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।

३२ औं मिनेटमा ड्यानीले गोल गर्दै घरेलु मेदानमा साउथह्याम्पटनलाई पहिले अग्रता दिलाए । त्यो अग्रता लामो समय टिकेन । पहिलो हाफको इन्जुरी टाइममा सनले केनको पासमा टवटनहमका लागि बराबरी गोल पर्काए ।

दोस्रो हाफमा भने टोटनहमले शानदार प्रदर्शन गर्दै चार गोल गर्‍यो । ४७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई २-१ को अग्तरा दिलाए ।

६४ औं मिनेटमा सनले ह्याट्रिक पूरा गर्दा टोटनहमले ३-१ को अग्रता बनायो । सनले नै ७३औ मिनेटमा टोटनहमका लागि र व्यक्तिगत चौथो गोल गर्दा अन्तर फराकिलो बन्यो । केनले ८२ औं मिनेटमा गोल गरेपछि टोटनहमले ५-१ को अग्रता बनायो । ९० औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले पेनाल्टीमा गोल गरे ।

पहिलो खेलमा एभरटनसंग पराजित भएको टोनहमले लिगमा पहिलो जितपछि ३ अंक जोडेको छ । साउथह्याम्पटनको भने यो लगातार दोस्रो हार हो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>