
संविधानले दिएको अधिकार पनि ऐनमार्फत खोसियोः उपेन्द्र यादव – Online Khabar
३ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रत्याभूत गरेका अधिकार पनि ऐन बनाउँदा खोसिएको बताएका छन् ।
‘पहिलो कुरा त यो संविधानले हामीलाई अधिकारै दिएको छैन’ शनिबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै यादवले भने, ‘संविधानले दिएको अलिअलि अधिकार पनि ऐन बनाएर खोसिएको छ ।’
संघीय कानून व्यावसायी एसोसियसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले धमाधम संविधान विपरीतका ऐनहरू बनेको बताए ।
विज्ञ सम्मिलित संविधान पुनरावलोकन आयोग बनाउनु पर्ने उनको माग छ । यादवले भने, ‘विज्ञ राखेर आयोग बनाऔं जसले नेपाललेका धरातलीय यथार्थ बुझेर संविधान संशोधनका लागि सुझाव दिन सकोस् ।’
कानून मन्त्रीको हैसियतले आफूले आयोग गठनको माग गर्दा ओली सरकारमा दश म्याग्नीच्युडको भूकम्प गएको उनको भनाई छ ।
भर्चुअल कार्यक्रममा बोल्दै जसपाका वरिष्ठ नेता अशोकुमार राईले मधेशमा नरसंहार मच्याएर, पहाडमा जनजातिको आन्दोलन दमन गरेर बनेको संविधान संशोधन हुनुपर्ने बताए । राईले भने, ‘यो संविधानले जनप्रतिनिधिले होइन हली गोठालाले बनाएका हुन ।’
जसपाका अर्का वरिष्ठ नेता राजेन्द्र महतोले २०७२ साल असोज ३ मा संविधानसभाबाट जारी संविधान अपुरो र अधुरो रहेको बताए । संविधान अधुरो भएकाले संविधान दिवस सम्पूर्ण नेपालीको दिवस हुन नसकेको उनको भनाइ छ ।
जसपाले संविधान पुनरावलोकनको माग गर्दै देशका विभिन्न भागमा विरोध कार्यक्रम समेत आयोजना गरेको थियो ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More