2021-03-01Monday लागुऔषध ब्युरोको नियन्त्रणबाट कोरोना संक्रमित अभियुक्त फरार – Online Khabar – Hamro Nepal

लागुऔषध ब्युरोको नियन्त्रणबाट कोरोना संक्रमित अभियुक्त फरार – Online Khabar


२ असोज, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट एकजना कोरोना संक्रमित अभियुक्त भागेका छन् । लागूऔषध सम्बन्धी मुद्दाका प्रतिवादी काभ्रेको नमोबुद्ध नगरपालिकाका  रमेश तामाङ फरार भएका हुन् ।

शुक्रबार बिहान पौने २ आइसोलेसन कक्षबाटै फरार भएपछि उनको खोजी थालिएको ब्युरोका एसएसपी दिलिपकुमार चौधरीले अनलाइनखबरलाई बताए । उनीसहित अन्य संक्रमित थुनुवालाई वसुन्धारास्थित एक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

प्रहरीका अनुसार संक्रमितको सुरक्षा जिम्मेवारी निलम्बित प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई दिइएको थियो ।

शाही लागूऔषध सम्बन्धी घटनामा पक्राउ परेयता निलम्बित थिए । तर, संक्रमण देखिएसँगै अन्य प्रहरी सुरक्षार्थ खटिन डराएपछि शाहीलाई जिम्मेवारी दिइएको स्रोत बताउँछ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट पनि गएराति चार जना थुनुवा फरार भएका छन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>