2021-03-06Saturday कोरोनाबाट ज्यान गुमाएका ताद्राङका एक व्यक्तिको परिवारलाई काँग्रेसको सहयोग – खोजखबर – Hamro Nepal

कोरोनाबाट ज्यान गुमाएका ताद्राङका एक व्यक्तिको परिवारलाई काँग्रेसको सहयोग – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा,असोज २ गते ।
कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई नेपाली काँग्रेस गोरखाले आर्थिक सहयोग गरेको छ ।
एक टोलीले शुक्रबार गोरखाको भीमसेन गाउँपालिका वडा नम्बर २ तान्द्राङ स्थित मृत्तकको घरमा पुगेर रकम हस्तान्तरण गरको नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए । जिल्ला सभापती हरिबहादुर घलले मृत्तककी श्रीमती सरिता सुनारलाई ९० हजार ११४ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
सो अबसरमा सभापती घले सहित सचिव न्यौपाने, क्षेत्र नम्बर २ का सभापती गोबिन्द गुरुङ लगायतको उपस्थिती रहेको थियो । उक्त रकम नेपाली काँग्रेस गोरखा अमेरिक सम्र्पक समितिका कोषाध्यक्ष केशरी भट्टराइको नेतृत्वमा अमेरिकमा संकलन गरि पठाइएको सचिव न्यौपानेले जानकारी दिए ।
ती व्यक्तिको केही समय कोरोना संक्रमणका कारण काठमाण्डौ निधन भएको परिवार स्रोतले बताएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>