
सुर्खेतका २८ सैनिकमा कोरोना संक्रमण पुष्टि – Online Khabar
१ असोज, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित राजदल गणमा कार्यरत नेपाली सेनाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बिहीबार २८ जना सैनिकमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधी वाग्लेले जानकारी दिए ।
प्रमुख वाग्लेका अनुसार छुट्टीमा घर गएर फर्किएकाहरुको गणमा प्रवेश गर्नुअघि पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने भएकोले उनीहरुको भदौ २८ गते स्वाब संकलन गरिएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई सेनाकै आसोलेसनमा राख्ने तयारी भइरहेका छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More