2021-02-28Sunday काँग्रेसको पहल र व्यवसायी खत्रीको सहयोगमा गोरखाका स्थानीय तहहरुलाई ४ हजार ८ सय थान भिटिएम वितरण – खोजखबर – Hamro Nepal

काँग्रेसको पहल र व्यवसायी खत्रीको सहयोगमा गोरखाका स्थानीय तहहरुलाई ४ हजार ८ सय थान भिटिएम वितरण – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असोज १ गते ।

नेपाली काँग्रेस गोरखाको पहलमा गोरखाका ११ वटै स्थानीय तहलाई भिटिएम (स्वाब संकलन किट) वितरण गरिएको छ । काँग्रेसका महादिवेशन प्रतिनिधी एवं व्यवसायी प्रेम खत्रीको सहयोगमा सबै स्थानीय तहलाई कुल ४ हजार ८ सय थान भिटिएम उपलब्ध गराइएको सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
‘भिटिएम प्रर्याप्त नभएका कारण स्थानीय तहले प्रभावकारी ढङ्गले पिसिआर गर्न पाएका छैनन्, भन्ने हामीले सुन्यौं,’ उनले भने, ‘त्यसपछि सहयोगीहरु खोज्दै गर्दा प्रेमजीले म गर्छु भन्नुभयो, अनि स्थानीय तहलाई उपलब्ध गरायौं ।’ बुधबार ११ वटै स्थानीय तहहरुलाई बोलाएर सहयोगीदाता खत्री समेतको उपस्थितीमा उक्त भिटिएम वितरण गरिएकोे छ । गोरखा नगरपालिकालाई ९००, गण्डकी र आरुघाट गाउँपालिकाका लागि ५÷५ सय थान भिटिएम उपलब्ध गराइएको छ । पालुङ्टार नगरपालिका, सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा, शहिद लखन गाउँपालिकालाई क्रमश ४÷४ सय थान वितरण गरिएको न्यौपानेले जानकारी दिए । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ३०० र चुमनुब्री गाउँपालिकाको लागि भने २०० थान भिटिएम प्रदान गरिएको छ । ‘यो विपदको घडीमा थोरै भएपनि सहयोग गर्नु पाउँदा खुसि लागेको छ,’ सहयोगदाता खत्रीले भने ‘मैले विगत देखिनै जो सकैको सहयोग गर्ने गरेको छु । आगामी दिनमा पनि गोरखाली जनताको सेवामा लागि रहनेछु ।’ खत्रीले केही समय अघि पनि जिल्लाका विभिन्न स्थानीय तहरुलाई मास्क, स्यानिटाइज, भिटिएम, थर्मल गन लगायतका समाग्री वितरण गरेका थिए । उनले जिल्लाका सुरक्षा निकायलाई पनि मास्क र सेनिटाइजर सहयोग गरिसकेका छन् । ११ वटा स्थानीय तह मध्ये ९ वटामा जितेको काँग्रेस राजनितिक रुपमा विभेद नगरी नेकपाले जितेका स्थानीय तहमा पनि समानुपातीक ढङ्गले सहयोग उपलब्ध गराएको छ । सहयोग पाएपछि स्थानीय तह पनि खुसी भएका छन् ।
सो अबसरमा खत्रीले नेपाली काँग्रेस गोरखालाई १० हजार थान मास्क पनि उपलब्ध गराएका छन् । उक्त मास्क आवश्यकताका आधारमा जिल्लाका ९६ वटै वडामा पु¥याइने नेपाली काँग्रेसका जिल्ला सभापती हरिबहादुर घलेले जानकारी दिए । ‘कोरोना महामारीका बेला हामीले राजनैतिक कुरा भन्दा पनि जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छौं,’ उनले भने, ‘गाउँगाउँमा गएर मास्क लगाउनुहोस, स्यानिटाइजर लगाउनुहोस्, नडराई घरमै बस्नुहोस्, अनावश्यक काममा बाहिर ननिस्कनुहोस्, भनेर सर्वसाधरण आग्रह गर्ने गरेका छौं ।’
कार्यक्रमपछि बसेको काँग्रेस जिल्ला कार्यसमिति र स्थानीय जनप्रतिनिधिहरुको बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि गाउँगाउँमा विभिन्न सचेतना अभियानहरु चलाउने समेत निर्णय गरेको छ । स्वास्थ्य र सावधानीमा जोड दिदै जनजिवन चलायमान बनाउनु पर्ने काँग्रेस गोरखाको भनाई छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>