2021-02-28Sunday बारामा चट्याङ लागेर एकजनाको मृत्यु, एकजना घाइते – Online Khabar – Hamro Nepal

बारामा चट्याङ लागेर एकजनाको मृत्यु, एकजना घाइते – Online Khabar


३० भदौ, काठमाडौं । बारामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरी रहेका छन् ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए ।

टायर गाडामा बालुवा लोड गरिरहेका सोही ठाउँ बस्ने करिब २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । उनको सोही क्लिनिकमा उपचार भइरहेको उनले बताए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>