2021-02-28Sunday राष्ट्रिय क्रिकेटर भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते – Online Khabar – Hamro Nepal

राष्ट्रिय क्रिकेटर भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते – Online Khabar


२८ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकलको पछाडि बस्ने करण ठगुन्ना पनि घाइते छन् ।

दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको कञ्चनपुरका डीएसपी अमर थापाले बताए । भण्डारीको टाउको, कम्मर र हातमा चोट रहेको थापाले अनलाइनखबरलाई जनाए ।

चिकित्सकलाई उदृत गर्दै उनले बताए अनुसार भण्डारीको स्वास्थ्य अवस्था मध्यम छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>