2021-02-28Sunday नेपालमा राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी गठन – Online Khabar – Hamro Nepal

नेपालमा राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी गठन – Online Khabar


२८ भदौ, काठमाडौं । नेपालमा युवा वैज्ञानिकहरुको आवाज उठाउने हिसाबले युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन भएको छ ।

डा. वसन्त गिरीको अध्यक्षतामा गठित एकेडेमीको तदर्थ समितिमा डा. बालकुमारी ओलिया, डा. विषेश खनाल, डा. सागर रेग्मी, डा. स्मृति पन्त, डा. सुरज भट्टराई र डा. उत्तमबाबु श्रेष्ठसमेत सातजना छन् ।

संस्था गठन गर्नुपूर्व नेपाली युवा अध्येताहरुले गत वर्ष भदौ, कात्तिक र पुसमा भेला आयोजना गरेका थिए ।

संस्थाको विधानअनुसार सदस्यताका लागि निकट भविष्यमा नै निवेदन आह्वान गरिने एकेडेमीले बताएको छ ।

संस्थाको नाममै युवा भएकाले यसको सदस्य बन्न पनि उमेरको हदबन्दी राखिएको छ । साथै यो एकेडेमी विशुद्घ वैज्ञानिकहरुको मात्रै नभएर कानुन, समाजशास्त्र, मानवशास्त्र र चिकित्साविज्ञान लगायतका सबै विषयका अनुसन्धानकर्ता, अध्येताहरुले सदस्यता लिन पाउने संस्थाका सदस्य डा. सुरज भट्टराईले बताए ।

विश्वभर पछिल्लो समयमा युवा अध्येताहरुको एकेडेमी खोल्ने प्रयास बढ्दो छ । हालसम्म विश्वका ४१ देशमा त्यस्तो राष्ट्रिय एकेडेमी खोलिएको र उनीहरुसँग नेपालको युवा वैज्ञानिक एकेडेमीले पनि हातेमालो गर्दै अगाडि बढ्ने विश्व युवा वैज्ञानिक एकेडेमीका सदस्यसमेत रहेका डा. उत्तमबाबु श्रेष्ठले बताए ।

उक्त एकेडेमीले नेपाली युवा अध्येताहरुको अवस्थाबारे बुझ्न राष्ट्रियस्तरको सर्वेक्षण पनि शुरु गरेको श्रेष्ठले बताएका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>