2021-03-06Saturday भोकले आत्महत्या, शव उठाउने खर्च भएन – Online Khabar – Hamro Nepal

भोकले आत्महत्या, शव उठाउने खर्च भएन – Online Khabar


२७ भदौ, वीरगञ्ज । वीरगञ्ज-३१ बेल्वामा ३० वर्षीय सतन माझीले बिहीबार विष सेवन गरे । मध्यान्न १२ बजेतिर उपचारका लागि इन्डो नेपाल हस्पिटल प्रालिमा लगियो । तर, स्वास्थ्यमा सुधार आएन, शुक्रबार बिहानै मृत्यु भयो ।

दलित मुसहर माझी समुदायका उनको परिवारसँग अस्पताललाई तिर्ने पैसा थिएन ।

सतन माझीको परिवारसँग जग्गा जमिन सम्पत्ति केही छैन । सतन वीरगञ्ज- ३१ बेल्वास्थित ससुरालीमा बस्दै आएका थिए । ससुरालीमा भएको फुसको घर पनि अर्काको जमिनमा बनेको छ ।

लकडाउनअघि उनी धान काट्नेलगायतका ज्याला मजदुरीको काम गर्थे । लकडाउनपछि उनले काम पाउन छोडे ।

बाम नपाएपछि उनले जंगलमा गएर दाउरा ल्याउन थालेका थिए । प्रहरीको आँखा छलेर दाउरा ल्याएर बिक्री गर्थे ।

दैनिक मजदुरी गरेर आउने रकमले परिवारको जीविका चल्दै आएको थियो । त्यो नै बन्द भएपछि घरमा कलह पनि बढ्दै गयो । बेलुका मात्र थोरै रक्सी पिउनेे सतनले दाउरा बेचेर आएको पैसाले बिहानैदेखि रक्सी पिउन थाले ।

श्रीमती रवितादेवी श्रीमानको पाराले हैरान थिइन् ।

बिहीबार बिहान पनि सतन दाउरा बेच्न गएका थिए, रक्सी खाएर आएछन् । ‘रक्सी खाएर आएका रहेछन्, चामल सकिएको छ भनेर पैसा मागेकी थिएँ । उल्टै रिसाएर गाली गरे ।’ श्रीमती रवितादेवीले भनिन् ‘पछि जंगलतिर गएका थिए, विष खाएछन् । अस्पताल लगे पनि बचाउन सकेनौं ।’

रवितादेवीका अनुसार तीन महिनादेखि दिनहुँ अलिकति चामल किनेर घरमा भात पाक्न थालेको थियो । किन्न नसकेको दिन घरमा चुल्हो बल्दैनथ्यो । कहिलेकाँही वरपर पैचो माग्ोर पनि गुजारा चलाइएको थियो ।

‘पहिलेदेखि नै पैसा हुँदा खाना पाक्ने, नभए नपाक्ने हुन्थ्योे,’ रविताले भनिन् ‘अब त घरमा चामल दाल केही छैन, कमाउने मान्छे पनि छैन । के गर्ने, समझमै आइरहेको छैन ।’

सनतको कदमले परिवार पूरै शोकमा डुबेको छ । सतनकी आमा लक्ष्मीनिया देवीका अनुसार पछिल्लो दिनमा सतनले कसैले भनेको नमान्ने र रक्सी धेरै खाने गरेका थिए । ‘उसैले कमाउँथ्यो र त घर चलिरहेको थियो ।’ आमाले भनिन् ‘अब त कसरी गुजारा चलाउने ?’

सतनका एक छोरा र एक छोरी छन् । बाबुले आत्महत्याको बाटो रोजेपछि उनीहरुको भविष्य थप अन्योलमा परेको छ ।

सामाजिक संस्थाको सहयोगमा दाह संस्कार

आर्थिक अवस्था कमजोर भएकाले सतन शव उठाउन नसकेको जानकारी पाएपछि भाइजान अफ वीरगञ्जका अध्यक्ष नौसाद अन्सारीले मानवीय हिसाबले सहयोग गरेको अनलाइनखबरलाई बताए ।

सामाजिक कामका लागि गठन भएको युवा समूह भाइजान अफ वीरगञ्जले मृतकका परिवारलाई सहयोग गर्‍यो । ‘आर्थिक अवस्था कमजोर छ के गर्ने भनेर इन्डो अस्पतालका अधिकारीसँग छलफल गर्‍यौं । उनीहरुले अस्पतालमा लाग्ने सबै शुल्क मिनाहा गरिदिए ।’

उनले भने ‘शव परिवारले लैजानुअघि नारायणी अस्पतालमा पोष्टमार्टम गर्नुपर्ने रहेछ । आवश्यक प्रक्रिया सबै पूरा गरेर पोष्टमार्टम गरायौं । शव एम्बुलेन्समा राखेर वडा अध्यक्षसँग समन्वय गरेर घर पठाइदियौं ।’





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>