
निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव – Online Khabar
२७ भदौ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको बताएका छन् । निर्वाचन निश्पक्ष र धाँधलीरहित हुने हो भ्रष्टाचार घट्ने उनको भनाइ छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उद्घाटन गर्दै डा. यादवले भने, ‘निर्वाचन पारदर्शी, निश्पक्ष र धाँधलीरहित हुने हो भने भ्रष्टाचार लगायतका समस्या स्वतः कम हुन्छ ।’
गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको नाताले संविधान जारी गरेको प्रसंग स्मरण गर्दै संविधानमा प्राण भर्ने काम राजनीतिक पार्टीहरूले नै गर्नुपर्नेमा उनले जोड दिए ।
‘प्रथम राष्ट्रपतिको नाताले जनतालाई संविधान समर्पण गर्ने अवसर पाएँ तर संविधानमा जान भर्ने जिम्मेवारी दलहरूकै हो’ पूर्वराष्ट्रपति डा. यादवले भने, ‘मधेशी, दलित, महिला, आदिवासी जनजाति लगायतका समुदायलाई राष्ट्र निर्माणमा सहभागी गराउन जनतालाई अधिकार सम्पन्न नगराई सम्भव छैन ।’
दक्षिण एसियाकै सबैभन्दा पुरानो देश भएर पनि नेपालमा राजनीतिक परिवर्तन छिटोछिटो भइरहेको उनको भनाइ छ ।
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले चुनाव महंगो हुँदा निर्वाचित जनप्रतिनिधिहरू नै जनताप्रति उत्तरदायी नभएको बताए । अहिलेको निर्वाचन प्रणालीमा जति नै लोकपि्रय र योग्य भए पनि खर्च गर्न नसक्ने व्यक्ति निर्वाचित भएर आउन असम्भव प्रायः रहेको बताए ।
आयोजक युएस-नेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा. राजन पन्तले निश्पक्ष र धाँधलीरहित चुनाव बिना लोकतन्त्र बलियो हुन नसक्ने बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More