
काठमाडौं बाहिर जान गन्तव्य स्थानको सिफारिस अनिवार्य – Online Khabar
२५ भदौ, काठमाडौं । बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालयकाठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाई गरेको छ ।
काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ । सवारी सहजीकरण पत्र लिन सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्नेछ ।
मृत्यु संस्कार, कर्मचारीको सरुवा, विदेश जाने व्यक्तिहरू लगायत अत्यावश्यकीय कामका लागि मात्रै आवतजावतमा सहजीकरण गरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More