Share on Your Social Media
खोजखबर
गोरखा, भदौं २२ गते ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ स्नानमा पहिरोे जाँदा ३ घर जोखिममा परेका छन् । सोमबार राती देखि परेको अविरल वर्षासँगै आएको पहिरोले एक चर्च समेत जोखिममा पु¥याएको छ ।
स्थानीय लालबहादुर गुरुङ, सुनमायाँ गुरुङ, सुनबहादुर गुरुङ घर, गोठ, शौचालय, खरोयोको खोर, तरकारीको टनेल लगायत बगाएको स्थानीय यम गुरुङले जानकारी दिए । सुनमायाँको गुरुङको घर भने पूर्ण रुपमा काम नलाग्ने भएको छ । पहिरोले बिस्तापित भएकाहरु अहिले आफन्तको शरण बसेका छन् ।
पहिरोले बिस्तापित भएकाहरुको क्षतिको विवरण संकलन गरी तत्काल केही राहत सहयोग उपलब्ध गराउने बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।