2021-03-04Thursday उपचारका क्रममा शनिवार गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि – खोजखबर – Hamro Nepal

उपचारका क्रममा शनिवार गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, भदौं २१ गते ।
शनिवार मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएको गोरखा अस्पतलाले जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन नबिन थापाले आइतबार बिहान एक विज्ञप्ती जारी गरी गोरखा नगरपालिका ७ धारापानी निवासी ७५ वर्षीय मृत्तक महिलामा कोरोना संक्रमण रहेको पुष्टि गरेका हुन् ।
एक्कासी बेहोस भएपछि शनिवार दिउँसो १२ः२० बजे गोरखा अस्पतालको आपत्तकालिन कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा दिउँसो ४ः३० बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उनको परिवारका तीन जना सदस्यहरु शुक्रबार कोरोना पोजेटिभ भएको रिर्पोट सार्वजानिक भएपछि थियो । उपचारमा संग्लन चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीको पनि स्बाब संकलन गरी परीक्षणका लागि पठाइएको अस्पतालका सूचना अधिकारी ढकालले बताए । उनीहरुको भने रिर्पोट नआएकाले क्वारेन्टिनमा राखिएको छ ।
अस्पतालको आइसीयूमा उपचाररत व्यक्तिको मृत्यु भएपछि केही समय आइसीयू बन्द गरिएको थियो । निर्मलीकरण पछि अहिले भने आइसीयू सञ्चालनमा आइसकेको गोरखा अस्पतालले जानकारी दिएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>