2021-03-02Tuesday गोरखामा एकै दिन २२ जनामा कोरोना पुष्टि, गोरखा नगरपालिकामा मात्र २० संक्रमित – खोजखबर – Hamro Nepal

गोरखामा एकै दिन २२ जनामा कोरोना पुष्टि, गोरखा नगरपालिकामा मात्र २० संक्रमित – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, भदौं १९ गते ।
गोरखा नगरपालिकामा मात्र एकै दिन २० जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये वडा नम्बर १३ का १४ र ६ का २ जना समुदाय स्तरका संक्रमित रहेको देखिन्छ । वडा नम्बर ६ मा भेटिएका दुई संक्रमित पनि कन्ट्याक्ट टे«सिङ मार्फत नै पहिचान भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । बाँकी चार जनामा भने चितवनबाट फर्किएका व्यक्ति रहेको उनको भनाई छ ।

देउरालीका एक पूरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि गरिएको कन्ट्याक्ट टे«सिङका क्रममा थप १४ जनाको संक्रमण पुष्टि भएको छ । पहिलो चरणमा गरिएको कन्ट्याक्ट टे«सिङमा १५ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म १६२ जनाको पिसिआर परीक्षण गर्दा त्यहाँ २९ जनामा कोरोना संक्रमण देखिएको छ । अझै ४६ जनाको रिर्पोट आउन बाँकी रहेको वडा अध्यक्ष हरि खनालले जानकारी दिए ।

शुक्रबार नै अजिरकोट गाउँपालिकामा १ र शहिद लखन गाउँपालिका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । अजिरकोटका संक्रमित भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेको र शहिद लखनका भने घरमै रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा एक दिन २२ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार गोरखा नगरपालिका १३ देउराली र ६ तिनधारेका ६ जनाको रिर्पोट पोजेटिभ आएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>