
कर्फ्यूमा थुनिएको ललितपुर (फोटो फिचर) – Online Khabar
१९ भदौ, काठमाडौं । हुनत भदौ ३ गतेदेखि नै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा छ । मानिसहरु औषधि, खाद्यवस्तुलगायत अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाउँदैनन् ।
तर शुक्रबार भने ललितपुर जिल्लाको चक्रपथ क्षेत्रभित्र कर्फ्यू नै लगाइयो । यसको मतलब मानिसहरु अत्यावश्यक काम वा जस्तोसुकै काममा पनि घर बाहिर निस्कन पाउँदैनन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न निषेध गरिएको छ । यदि कर्फ्यू उलंघन गरेर घरबाहिर निस्केमा वा अरु काम गरेमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने चेतावनी दिइएको छ ।
त्यसैले ललितपुरको पाटन क्षेत्र दिनभरजसो सुनसान रह्यो । यहाँका गल्लीमा मानिस निस्किएनन् भने सवारी साधन पनि चलेन ।
कोरोना महामारीका कारण अन्योलमा रहेको मत्स्येन्द्रनाथको रथयात्रा कार्फ्यूकै समयमा गराउन शुक्रबार पुल्चोकमा पुजारी र अरु केही व्यक्तिमात्र सहभागी भएर क्षमापूजा गरिएको छ । सर्वसाधारण भने घरभित्रै बसेका छन् । केही मानिसहरु घरको झ्याल र बरण्डार आँगनसम्म आएर सुनसान सडक नियालिरहेका देखिन्थे ।
यो पनि पढ्नुहोस
यसरी हुँदैछ मत्स्येन्द्रनाथको क्षमा पूजा
यो पनि पढ्नुहोस
कर्फ्युका बीच मत्स्येन्द्रनाथको क्षमा पूजा, भोटोजात्रा नगरिने
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More