
कर्फ्युका बीच मत्स्येन्द्रनाथको क्षमा पूजा, भोटोजात्रा नगरिने – Online Khabar
१९ भदौ, काठमाडौं । शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ ।
बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।
बिहीबारको असामान्य परिपस्थितिलाई मध्यनजर गर्दै शुक्रबार ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरे सीमित व्यक्ति उपस्थित भएर शुक्रबार क्षमापूजा गर्ने र संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए ।
उनका अनुसार २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पुर्याउने सहमति भएको छ ।
भोटो देखाउने जात्रा नहुने
मत्स्येन्द्रनाथको रथलाई जाउलाखेल पुर्याएको चौथो दिन जाउलाखेलमा भोटो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा गर्ने परम्परा छ । तर यो वर्ष छोटो प्रक्रियाबाट रथलाई बुङ्गमती पुर्याउने भनिएसँगै बीचका सबै प्रक्रियाहरू स्थगित भएको थपलियाले अनलाइनखबरलाई जानकारी दिए ।
‘भोटो नदेखाउने भन्ने कुनै निर्णय भएको होइन । तर रथयात्राको बीचका प्रक्रिया नगरी सिधै बुङ्मती लैजाने भनिएपछि भोटो देखाउने जात्रा पनि स्वतः स्थगित भइहाल्यो’ उनले अनलाइनखबरसँग भने ।
परम्पराअनुसार पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्याएर गुरुपूजा, दोस्रो दिन गाःबहालबाट मंगलबजार पुर्याएर दरबार पूजा, तेस्रो दिन मंगलबजारबाट सुन्धारा पुर्याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्याएर उपयुक्त दिनमा महाबली दिने गरिन्छ । त्यसपछि फेरि अर्काे दिन शुभ मुहूर्त हेरेर रथलाई जाउलाखेल पुर्याउने गरिन्छ ।
जाउलाखेलमा पु¥याएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेपनि यो वर्ष बीचका सबै कार्यक्रमहरू स्थगित गरिएको थपलियाले बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More