2021-03-02Tuesday भर्चुअल र मास्कसहितको सोह्र श्राद्ध – Online Khabar – Hamro Nepal

भर्चुअल र मास्कसहितको सोह्र श्राद्ध – Online Khabar


१७ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीका बीच आजबाट सोह्र श्राद्ध सुरु भएको छ । कोरोना भाइरसको प्रसार रोक्न गरिएको निषेधाज्ञाका कारण घरघरमा पुगेर सोह्र श्राद्ध गराउन समस्या भएको छ ।

सम्भव हुनेले घरनजिकै रहेको देवालयमा गएर श्राद्ध गराएका छन् भने सम्भव नहुनेहरू यसको विकल्पको खोजीमा छन् । कोरोनाका कारण यस वर्षदेखि भर्चुअल श्राद्धको विषय पनि चर्चामा छ । बुधबार पशुपति क्षेत्रमा समेत भर्चुअल श्राद्ध गर्ने र गराउनेहरू समेत भेटिएका छन् ।

तर धर्मशास्त्रका जानकारहरू भने अहिले केही गरी श्राद्ध गर्न नसक्नेको लागि पछि श्राद्ध गर्न सक्ने प्रावधान समेत शास्त्रमा उल्लेख रहेको बताएको छ । पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले अहिले श्राद्ध गर्न नसक्नेको लागि विभिन्न विकल्प रहेको भन्दै भर्चुअल श्राद्धको औचित्य नरहेको बताए ।

अनलाइनखबरसँगको कुराकानीमा उनले रोकिएको सोह्र श्राद्ध असोजको औंशी, नौरथाको पञ्चमी, गाईतिहारे औंशी वा पुषसम्मको जुनसुकै औंसी, अष्टमी र द्वादशीमा गर्नसकिने बताए । या विधि जानेका मान्छेले आफ्नै घरका कोही सदस्यलाई पढ्न लगाएर पनि श्राद्ध गराउन सक्ने बताए ।

तस्वीर : चन्द्रबहादुर आले ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>