2021-02-28Sunday स्वेदशमै रमाउन सिकाउने वर्षा र गौरवको ‘सयौं डाँडाँ काट्दै’ – Hamro Nepal

स्वेदशमै रमाउन सिकाउने वर्षा र गौरवको ‘सयौं डाँडाँ काट्दै’


म्यूजिक भिडियोमा कथा वाचन सहज काम हैन । छोटो भिडियोमा एउटा सिंगो कथा भन्नुपर्दा निर्देशकलाई चुनौती नै हुन्छ । यसैले, नेपालमा बन्ने धेरै भिडियोहरुमा कथा भन्दा पनि पात्रको रोमान्स बढी हाबी हुन्छ । जसमा गीतले भन्न खोजेको परिवेश भन्दा पनि निर्देशकको सहजता खोजिन्छ । तर, केही निर्देशकले भिडियोमा कथालाई महत्व दिन थालेका छन् । जसले, भिडियोले गीतको मर्म भन्न थालेको छ ।

निर्देशक निकेश खड्काले निर्देशन गरेको ‘सयौं डाँडाँ काट्दै’ बोलको गीत यही परिवेशसँग केन्द्रित छ । स्वेदशमा परिवारसँग रमाउँदै गरेको एक पुरुष वाध्यताले विदेश त पुग्छ, तर उसले सुख भेट्दैन । बिरामी हुँदा तातो पानी दिने जीवनसाथी भेट्दैन ।

उसले विदेशमा पैसा त कमाउँछ, तर खुशी किन्न सक्दैन । यही कथामा निकेशले यो गीतको भिडियो बुनेका छन् । नायिका वर्षा राउत र नायक गौरव पहारी चम्किला मोडल लाग्दैनन् । तर, उनीहरुको चम्किलो अभिनयले गीतलाई जीवन दिएको छ ।

विक्रम बरालको स्वरमा समावेश यो गीतमा पासाङ शेर्पाको शब्द, हरि लम्सालको संगीत छ । निकेशले यो भिडियोको छायांकन करिब १ बर्ष अगाडि गरेका हुन् । वुद्ध थापा र इश्वर थापाको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>