2021-03-01Monday यातायात विभागको विदाइ कार्यक्रममा सहभागी कर्मचारीलाई कोरोना – Online Khabar – Hamro Nepal

यातायात विभागको विदाइ कार्यक्रममा सहभागी कर्मचारीलाई कोरोना – Online Khabar


१४ भदौ, काठमाडौं । यातायात व्यवस्था विभाग मिनभवनका एक अधिकारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो केही कर्मचारीहरुको विदाइ कार्यक्रममा समेत सहभागी भएका अधिकारीलाई साँझ कोरोना देखिएपछि विभागका अधिकृतभन्दा माथिल्ला स्तरका सबै कर्मचारी आइसोलेट हुनुपर्ने भएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार २/३ दिन विभागमा माथिल्ला स्तरका कर्मचारीसहितको बैठक पनि भएको थियो ।

काम विशेषले बाहिर जिल्लामा जानुपर्ने भएकाले पीसीआरका लागि स्वाब दिएका ती अधिकारी लगातार विभागमा नियमित हाजिर भएका थिए ।

बिहीबार विदाइ कार्यक्रममा समेत सहभागी भएका उनी अहिले होम आइसोलेसनमा छन् । उनमा कुनै लक्षण भने देखिएको छैन ।

तर, सोमबारबाट विभागमा अधिकारीहरु सबै आइसोलेसनमा बस्नुपर्ने भएकाले विभागको सेवा आंशिक प्रभावित हुने अवस्था आएको महानिर्देशक हमालले बताए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>