Share on Your Social Media
खोजखबर
गोरखा, भदौं १२ गते ।
उपचारका लागि चितवन पुगको एक व्यक्तिको मृत्यु भएको छ । गोरखा नगरपालिका १३ निवासी ३८ वर्षीय पूरुषको शुक्रबार मृत्यु भएको वडा अध्यक्ष हरि खनालले जानकारी दिए । ज्वरो, रुघा खोकी लगायतका समस्या देखिएपछि ६ गते अस्पतालमा भर्ना भएका उनमा १० गते संक्रमण पुष्टि भएको थियो ।
स्थानीय आबुखैरनी अस्पतालमा सामान्य उपचारपछि चितवन लगिएका देउरालीका २ पूरुषमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कन्ट्याक्ट टे«सिङ समेत गरिएको छ । उनले शहिद लखन गाउँपालिका र गोरखा नगरपालिकाको संगम स्थल नयाँपुलमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए । सोही क्षेत्र एक सवारी चालकको भने उपचार भइरहेको वडा अध्यक्ष खनालले जानकारी दिए ।