2021-03-06Saturday सन्दीप र मुजिवले लगातार उत्कृष्ट प्रदर्शन गरे पनि जमैका पराजित – Online Khabar – Hamro Nepal

सन्दीप र मुजिवले लगातार उत्कृष्ट प्रदर्शन गरे पनि जमैका पराजित – Online Khabar


११ भदौ, काठमाडौं । स्पीनरद्वय सन्दीप लामिछाने र मुजिव उर रहेमानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएपनि ब्याटिङ राम्रो हुन नसक्दा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा यस सिजन तेस्रो हार व्यहोरेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा जमैका साविक विजेता बार्बाडोस् ट्राइडेन्ट्ससँग ३५ रनले पराजित भएको हो । खेलमा नेपाली स्पीनर सन्दीपले २ विकेट लिए । यस्तै अफगानिस्तानका मुजिवले ३ विकेट लिए । तर टिमको ब्याटिङ चल्न नसक्दा जमैकाले तेस्रो हार व्यहोर्‍यो ।

क्वीन्स पार्क ओभलमा १४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो । जमैकाका लागि एनक्रुम बेनरले ३१ र जर्मेन ब्ल्याकडले २८ रन बनाए । नेपालका सन्दीपले ब्याटिङमा ६ बल खेल्दै ४ रन जोडे ।

बार्बेडोसका मिचेल सान्टनर ज्यासन होल्डर रसिद खान र रेमन रेइफरले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोस्ल केयल मेयर्सको ८५ रन मद्दतमा २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन बनाएको थियो । मेयर्सले ५९ बल खेल्दै ३ चौका र ८ छक्का प्रहार गरे । यस्तै मिचले सान्टनरले १९ बलमा अविजित २० रन बनाए ।

जमैकाका लागि मुजिवले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । ५ खेलमा सनदीपको विकेट संख्या ७ पुगेको छ ।

तेस्रो हारपछि ५ खेलबाट ४ अंक मात्र रहेको जमैका अंक तालिकामा पुछारबाट दोस्रो अर्थात पाँचौ स्थानमा छ । दोस्रो जित हात पारेको बार्बेडोस जमैका र गायनालाई रनरेटमा पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ ।

ट्रिनबागोको लगातार चौथो जित

लिगमा अपराजित रहने एक्लो टोली ट्रिनबागो नाइट राइडर्सले लगातार चौथो जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ६ विकेटले हरायो । ट्रिनबागोले डिएल मेथडमा ९ ओभरमा ७२ रनको लक्ष्य पाएको थियो । जसलाई ८ ओभर खेल्दै ट्रिनबागोले पूरा गर्‍यो । डारेन ब्राभोले अविजित २३ रन बनाए ।कलिन मनरोले १५ रन जोडे । टिम सेइफर्टले अविजित १७ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १७.१ ओभरमा ६ विकेट गुमाएर १११ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>