2021-03-01Monday बलात्कार आरोपमा पक्राउ परेका वडाध्यक्ष कारागार चलान – Online Khabar – Hamro Nepal

बलात्कार आरोपमा पक्राउ परेका वडाध्यक्ष कारागार चलान – Online Khabar


११ भदौ, गोरखा । बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् ।

बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो ।

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो । ‘अनुसन्धान पश्चात उहाँलाई हामीले सरकारी वकिल कार्यालयमा पठायौ,’ डीएसपी वासुदेव खतिवडाले भने, ‘कार्यालयले अभियोजनका लागि अदालत पेस गर्‍यो, अदालतले आज पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।’

तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका उनलाई जनता समाजवादी पार्टीले तत्कालका लागि सबै जिम्मेवारीबाट निलम्वनसमेत गरिसकेको छ ।

 

 





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>