2021-03-01Monday चिकित्सकमा कोरोना देखिएपछि कर्णाली अस्पतालमा ओपीडी बन्द – Online Khabar – Hamro Nepal

चिकित्सकमा कोरोना देखिएपछि कर्णाली अस्पतालमा ओपीडी बन्द – Online Khabar


१० भदौ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालका अनुसार बुधबार पाँच जना र मंगलबार एकजनामा संक्रमण देखिएको हो । दुई जना संक्रमित स्वास्थ्यकर्मीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा २ जना कन्सल्ट्यान्ट डाक्टर र ४ जना मेडिकल अधिकृतलाई संक्रमण देखीएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए ।

उनका अनुसार बुधबार गरिएको परीक्षणमा थप एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । चिकित्सकमा कोरोना देखिएपछि बिहीबार देखि एक साताका लागि ओपिडी सेवा बन्द गरिएको डा. खड्काले बताए ।

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेको निर्देशक डा. खड्काले बताए । यसअघि पनि अस्पतालका ३ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । उनीहरू निको भएर ड्युटीमा फर्किसकेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>