2021-02-26Friday लहानका कोरोना संक्रमित युवकको धरानमा मृत्यु – Online Khabar – Hamro Nepal

लहानका कोरोना संक्रमित युवकको धरानमा मृत्यु – Online Khabar


८ भदौ, विराटनगर । सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । उनमा मुटुसम्बन्धी समस्या पनि थियो । धरानमा शनिबारयता लगातार तीन दिन तीनजनाको मृत्यु भएको हो । शनिबार र आइतबार धरानकै पुरुषको मृत्यु भएको थियो ।

प्रदेशमा थपिए ६४ थपिए

सोमबार प्रदेश १ मा ६४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना संक्रमण भएको छ । मोरङको विराटनगर महानगरपालिकामा २३ जना संक्रमित थपिएका छन् ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । धरानमा प्लाज्मा थेरापी गरिएका संक्रमितको आइतबार बेलुका र विराटनगर ८ का पुरूषको आइतबार राति मृत्यु भएको हो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>