
गृहमन्त्रीको सचिवालयले भन्यो – धानखेतमा होइन, खोला किनारमा कार्यक्रम गरिएको हो – Online Khabar
९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी गरेको छ ।
साथै, धानखेत नजिकै कार्यक्रमस्थल बनाइएको सन्दर्भमा आएका सुझावलाई आत्मसाथ गरेर आगामी दिनमा सचेतता अपनाउने पनि भनेको छ ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘बाढीले धानखेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो । नकि प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको हो ।’
शुक्रबार गृहमन्त्री थापासहितको टोली अछामको रामारोसनमा गएको थियो ।
भट्टराईले कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले गरेको पनि बताएका छन् ।
यो पनि पढ्नुहोस
बाढीबाट जोगिएको धानमा गृहमन्त्रीको सवारी !
यो पनि पढ्नुहोस
चारआनाको राहत, बाह्रआनाको भ्रमण खर्च !
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More