2021-03-04Thursday चितवनमा कोरोना संक्रमणबाट हेटौंडाकी महिलाको मृत्यु – Online Khabar – Hamro Nepal

चितवनमा कोरोना संक्रमणबाट हेटौंडाकी महिलाको मृत्यु – Online Khabar


६ भदौ, चितवन । चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएकी हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा हेटौडा उपमहानगरपालिका वडा नं ३ कि ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कलेजमा साउन ३२ गते उपचारका लागि भर्ना भएकी महिलाको शनिबार साँझ ७ बजेर २६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको शनिबार साँझ नै पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जानकारी दिएको छ ।

योसहित चितवनमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवनका तीन, कैलालीको एक र हेटौडाको दुई जनाको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>