2021-02-26Friday संक्रमित सांसदको ट्राभल हिस्ट्री अछामदेखि सिंहदरबारसम्म – Online Khabar – Hamro Nepal

संक्रमित सांसदको ट्राभल हिस्ट्री अछामदेखि सिंहदरबारसम्म – Online Khabar


३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उनी अहिले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनमा छन् । उनमा कुनै लक्षण छैन । र, उनको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ ।

उनले भने आफू बस्ने ललितपुरको टोलमा एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्वाब दिएका थिए ।

साउन ३२ गते रिपोर्ट नेगेटिभ आएको थियो । तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले बताए । ठ्याक्कै कहाँबाट कोरोना सर्‍यो भन्ने आफूलाई थाहा नभएको तर नजिकै टोलका संक्रमितबाट सरेको हुनसक्ने बताए ।

यस्तो छ ट्राभल हिस्ट्री

सांसद बोगटीकै अनुसार उनी साउन १७ गते अछामबाट काठमाडौं फर्किएका थिए ।

उनी  ललितपुरमा बस्‍छन्  । राजधानी आएपछि उनी ललितपुरबाट सिंहदरबार आउजाउ गरिरहे । साउन २५ गते सिंहदरबारमा नेकपाका ६३ जना सांसदले पार्टी एकताको पक्षमा गरेको हस्ताक्षर गरेर सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा करिब २५ जना सांसद थिए । बोगटी पनि सहभागी थिए । सांसदहरुबीच भौतिक दुरी कायम थिएन । मास्क पनि कमैले मात्र लगाएका थिए ।

कार्यक्रमको संयोजन गरेका नेकपाका सांसद कृष्णप्रसाद दाहालले आफूहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेको बताए । एक जनालाई स्वाब दिन लगाएको भन्दै उनले भने, ‘उनलाई कोरोना सरेको रहेछ सबैको परीक्षण गर्छौं, नेगेटिभ आयो भने परेन ।’





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>