2021-02-24Wednesday राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन – खोजखबर – Hamro Nepal

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन – खोजखबर












Share on Your Social Media

खोजबर
गोरखा, भदौं २ गते ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय बिरामी रहेका राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो ।
घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । नेपाली साहित्य क्षेत्रका सबै भन्दा बढि सफल र लोकप्रिय व्यक्तित्वको दजनौं सिर्जना प्रख्यात छन् । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले, (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।
घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
उनले राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ’मनको बाँध’ चलचित्रको ’फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ’आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>