2021-03-02Tuesday प्रदेश २ मा निजी स्वास्थ्य सं‌स्थालाई कोरोना उपचारमा लगाइने – Online Khabar – Hamro Nepal

प्रदेश २ मा निजी स्वास्थ्य सं‌स्थालाई कोरोना उपचारमा लगाइने – Online Khabar


२ भदौ, जनकपुरधाम । प्रदेश २ सरकारले निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजलाई संघीय सरकारले तोकेको रकम दिएर कोरोना उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) को मंगलबार बसेको बैठकले यस कामका लागि समाजिक विकास मन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु समेत रहने गरी समन्वय समिति गठन गरेको छ ।

समितिले मेडिकल कलेज र निजी स्वास्थ्य संस्थासंग यसबारेमा छलफल अघि बढाउने निर्णयसमेत गरेको सामाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिए ।

मेडिकल कलेज तथा निजी अस्पतालले कोभिड उपचारमा सहयोग नगरे कारवाही तथा दर्ता खारेजको लागि संघीय सरकारमा लेखी पठाउने तथा कानून वमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्री साहले बताए ।

बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेशमा समुदाय स्तरमै फैलिदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नुपर्ने कामबारे जिल्लास्तरबाटै जानकारी लिन प्रदेशको ४ स्थानमा २/२ जिल्ला समेटिने गरी बैठक गर्ने निर्णय पनि गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई अविलम्ब करार सेवा मार्फत परिपूर्ति गर्न समेत पीसीएमसी बैठकले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको अति दुखदायी तथा असहज परिस्थितमा पहिलो दायित्व नागरिकलाई बचाउनु नै हुने बताए ।

प्रदेश सरकार र पीसीएमसीले विगतमा गरेका निर्णय कार्यान्वयन गर्न पनि बैठकले सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

वीरगञ्ज, जनकपुर र राजविराजमा थप पीसीआर मेसिन जडान एवं गौरमा नयाँ ल्याब सञ्चालन अविलम्ब पूरा गर्नुका साथै महोत्तरीको जलेश्वरमा नयाँ ल्याब संचालन गर्ने निर्णय बैठकले गरेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>