2021-03-02Tuesday लिदिबासीलाई जोगाउन नसक्नु राज्यको अक्षम्य गल्ती : कांग्रेस – Online Khabar – Hamro Nepal

लिदिबासीलाई जोगाउन नसक्नु राज्यको अक्षम्य गल्ती : कांग्रेस – Online Khabar


३१ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदिमा राज्यले अक्षम्य गल्ती गरेको बताएको छ । पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले हारगुहार गर्दागर्दै सुरक्षित स्थानमा नसार्नु सामान्य हेलचेक्र्याईं मात्रै नभई राज्यको अक्षम्य गल्ती भएको कांग्रेसले बताएको छ ।

लिदिमा गएको पहिरोमा परी १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै हराइरहेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार वक्तव्य जारी गर्दै सरकारलाई प्रश्न गरेका छन्, जनताले लिखित रूपमा गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रहृयो ?’

जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को नभएको कांग्रेसले बताएको छ ।

कोरोनाको महामारीसँग जुध्न असफल सरकारको शासकीय योग्यता र सार्थक अस्तित्व यो घटनापछि शून्यतामा पुगेको उसले बताएको छ ।






यो पनि पढ्नुहोस
लिदिको पहिरो : बस्ती नसार्दा आइलागेको विपद्





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>