2021-03-06Saturday विराटनगरमा कोरोनाबाट विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु – Online Khabar – Hamro Nepal

विराटनगरमा कोरोनाबाट विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु – Online Khabar


२८ साउन, विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।

सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । सोमबार भर्ना भएका पुरुषको बुधबार बेलुका ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले बताए ।

मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो । बुधबार बिहानसम्म उनको अवस्था सामान्य थियो । तर दिउँसो अवस्था गम्भीर बनेको थियो

विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । वडा नम्बर ९ मा २ जना, वडा नम्बर ५ र १० का १/१ जनाको यसअघि नै मृत्यु भइसकेको थियो ।

विराटनगरमा कोरोना संक्रमितको संख्या ३ सय ५५ पुगेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार बुधबार मात्र १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङको बुढीगंगा गाउँपालिका– २ का ५५ वर्षका पुरुषको मृत्यु भएको थियो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>