2021-03-06Saturday परीक्षणको नतिजा नआउँदासम्म निषेध आज्ञा कायमै – खोजखबर – Hamro Nepal

परीक्षणको नतिजा नआउँदासम्म निषेध आज्ञा कायमै – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, साउन २६ गते ।

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि गोरखाको दुई ठाउँमा निषेध आज्ञा कायम गरिएको छ । जिल्ला सदरमुकामको लक्ष्मीबजार र आरुघाट बजार क्षेकमा निषेध आज्ञा लगाइएको छ । ‘कन्ट्याक्ट टे«सिङको सबै रिर्पोट नआएको अहिले दुबै ठाउँमा सिल गरिएको अबस्था छ,’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने, ‘रिर्पोट कस्तो आउँछ अनि त्यसै अनुसार हामी अघि बढ्छौं ।’
लक्ष्मीबजारकी सौन्र्दय व्यवसायी महिला र उनको परिवारमा समेत कोरोना संक्रमण पुष्टि भएपछि पहिलो चरणमा त्यहाँ ५० जनाको कन्ट्याक्ट टे«सिङ गरिएको थियो । उनीहरु मध्ये ४५ जनाको नेगेटिभ र ३ जनाको पोजेटिभ रिर्पोट आइसकेको छ । अझै २ जनाको रिर्पोट आएको छैन । यसै विच दोश्रो चरणमा थप १०१ जनाको कन्ट्याक्ट टे«सिङ गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए । ‘हामीले दोश्रो चरणको कन्ट्याक्ट ट्रेसिङ पनि गरिसकेका छौं,’ उनले भने, ‘अहिले रिर्पोटकै पर्खाइमा बसेको अबस्था छ ।’
यसैगरी छिमेकी मुलुक भारतबाट फर्किएका आरुघाटका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि आरुघाट बजार अहिले बन्द छ । साउन १७ गते आरुघाट आएका उनी केही दिन घरमा बसेपछि मात्र क्वारेन्टिन गएका थिए । सोही अनुरुप उनको परिवारका ५ जना र सँगै क्वारेन्टिनमा बसेका ४ जना गरी ९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । १८ गते उनी मान्बु स्थित पुख्र्यौली घर गएको र १९ गते पुनः आरुघाट फर्किएका थिए । त्यसपछि क्वारेन्टिनमा बसेका उनको साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घर फर्किपछि घुमफिर र भेटघाटमा व्यस्त भएका ती व्यक्तिका कारण समुदायमा कोरोना फैलिएको आशकांमा स्थानीय त्रसित भएका छन् ।
सोही अनुरुप आरुघाट गाउँपालिका र स्थानीय प्रशासनको आब्हानमा अहिले आरुघाट बजार बन्द गरिएको छ । उनको सम्र्पकमा आएका हुनसक्ने मानिसको कन्ट्याक्ट टे«सिङ समेत गरिएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>