2021-02-25Thursday नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु – Online Khabar – Hamro Nepal

नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु – Online Khabar


२६ साउन, काठमाडौं । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ६ जना फ्रान्सेली नागरिक छन् । अर्का एक जना उनीहरुका स्थानीय गाइड र एक जना गाडी चालक पनि आक्रमणमा मारिएका छन् ।

मोटरसाइकलमा आएका बन्दुधारीले एक्कासी फायर खोलेको र ८ जना मारिएको तिलाबेरी क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

आक्रमण कोउरी क्षेत्रमा भएको हो । कोउरी पर्यटकीय क्षेत्र हो, जहाँ पर्यटकहरु जिराफको झुण्ड हेर्न जान्छन् ।

घटनास्थलमा लासहरु छरिएका थिए भने उनीहरुले प्रयोग गरेको फोरह्वील गाडी पूर्णरुपमा जलेको अवस्थामा फेला परेको थियो ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोले आफ्ना समकक्षीलाई टेलिफोन गरी घटनाप्रति चासो व्यक्त गरेका बीबीसीमा उल्लेख छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>