2021-02-28Sunday गोरखा दरबार क्षेत्रमा भक्तजनको भिडभाड, कोरोना संक्रमणको जोखिम उच्च – खोजखबर – Hamro Nepal

गोरखा दरबार क्षेत्रमा भक्तजनको भिडभाड, कोरोना संक्रमणको जोखिम उच्च – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, साउन २६ गते ।

पवित्र धार्मिक स्थल गोरखकाली मन्दिर र गोरखनाथ गुफामा भक्तजनको उपस्थिती बाक्लिएको छ । कोरोना नियन्त्रणका लागि भन्दै सरकारले धार्मिक स्थलहरुमा प्रतिबन्द कायमै राखेपनि सोमबार सयौंको संख्यामा भक्तजन उपस्थित भएर पुजा गरेको देंलथोक टोलबिकाल संस्थाका अध्यक्ष मंगलबहादुर थापाले जानकारी दिए ।
‘दिनभर सय भन्दा बढि मानिसहरुको भीड थियो । कतिले माक्स लगाएका थिए । कति यसै आएका थिए,’ स्थानीय समेत रहेका पदेंलथोक टोलबिकाल संस्थाका अध्यक्ष मंगलबहादुर थापाले भने, ‘प्रहरी प्रशासन कसैलाई वास्ता छैन । कोरोना फैलने डरले हामी त आत्तिएका छौं ।’ सवारी साधन सञ्चालन हुन थालेपछि भाडाका र निजि सवारी साधनमा दर्शनका लागि पुग्नेहरु ह्वातै बढेका छन् । साउन महिनामा गुरु गोरखनाथलाई रोट प्रसाद चढाउन र सोमबार महादेवको पुजा गर्ने भक्तजनको भिड बढको देखिन्छ । ‘मन्दिरका सबै ढोका खोलिएको छ । चेकजाँच, रोक तोक केही छैन,’ स्थानीय सानुबाबु श्रेष्ठले भने ‘पुजा गर्ने टिकोटालो गर्ने सबै काम भइरहेको छ । यसरी त कोरोना फैलिहाल्छ नी ।’ उक्त विषयमा गोरखा दरबार हेरचाह अड्डा समेत मौन रहेको उनले आरोप लगाएका छन् ।
उता गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले भने भक्तजनको चाप बढेको स्वीकार गरेका छन् । सरकारले धेरै मानिस भिडभाड हुने ठाउँमा लकडाउन कायम राखेपनि भक्तजनको संख्या नियन्त्रण गर्न गा¥हो भएको उनको भनाई छ । ‘लोकल गाडी खुलेपछि दर्शनका लागि आउने भक्तजनको संख्यामा वृद्धि भएको छ,’ उनले भने, ‘हामी यहीँको मान्छे हो भगवानको दर्शन गर्न पनि नपाउने ? भनेर प्रेसर गर्नुहुन्छ । रोक्न सकिएको छैन ।’ लकडाउन खुकुलो भएपछि आएका भक्तजनलाई सामाजिक दुरी राखेर पुजा गर्न दिने गरिएको उनले बताए ।
यता प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई भने अहिले सर्वसाधरणका लागि मन्दिर नखोलिएकाले त्यसलाई कडाई गर्ने बताएका छन् । सोमबार र शनिवार बढि भिडभाड हुने गरेको स्थानीयको भनाई छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>