2021-03-08Monday व्यक्ति हत्या गरेर मलेसिया र दुबईमा रोजगारी, १७ वर्षपछि समातिए अभियुक्त – Online Khabar – Hamro Nepal

व्यक्ति हत्या गरेर मलेसिया र दुबईमा रोजगारी, १७ वर्षपछि समातिए अभियुक्त – Online Khabar


२३ साउन, झापा । अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् ।

तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला प्रहरी कार्यालय, झापाको पछिल्लो अपरेशनले यसको पुष्टि गरेको छ ।

झापाका एसपी कृष्णप्रसाद कोइरालाले अनलाइनखबरलाई बताए अनुसार जिल्लामा १७ वर्षअघि भएको कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक जलथल गाविस–८ का तत्कालीन समयमा २६ वर्षीय दुर्गा मगर भनिने दुर्गाबहादुर थापा छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक साकारराज पन्त नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । मगरसहितको समूहले कुटपिट गरेर साबिक टाघनडुब्बा गाविस–४ का ४५ वर्षीय विरिकलाल माझीको हत्या गरेका थिए ।

सामान्य विवादमा हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ । कोइरालाका अनुसार अभियुक्त मगर घटना लगत्तै काठमाडौंतिर छिरेका थिए । त्यसपछि भारतको कोलकत्ता, दार्जिलिङ पनि पुगेको खुलेको छ । त्यतै रहँदा वैदेशिक रोजगारीका लागि मलेसिया र दुबई गएर उनी नेपाल फर्किएका थिए ।

हाल उनलाई जिल्ला अदालत, झापाबाट ५ दिन म्याद थप गरेर मुलुकी ऐनको ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>