2021-03-01Monday स्पेनका पूर्व राजा कार्लोसद्वारा देश छाड्ने घोषणा – Online Khabar – Hamro Nepal

स्पेनका पूर्व राजा कार्लोसद्वारा देश छाड्ने घोषणा – Online Khabar


२० साउन, काठमाडौं । करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो।

स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ ।

उनले कहिले देश छाड्छन् र कहाँ गएर बस्छन् भन्नेचाहिँ खुलाइएको छैन ।

पूर्व राजा कार्लोसले आफूलाई लागेका आरोपबारे केही सोधपुछ गर्नु परेमा आफू उपलब्ध हुने पनि बताएको समाचारमा उल्लेख छ ।

साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

स्पेनमा करिब ४० वर्ष राज गरेका कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>