2021-03-02Tuesday ‘त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्ने सम्झौता भएको छैन’ – Online Khabar – Hamro Nepal

‘त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्ने सम्झौता भएको छैन’ – Online Khabar


१७ साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको सो क्याम्पसले जनाएको छ ।

रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि (पहिले त्रिविको परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा) सार्ने समाचारहरु सार्वजनिक भएका थिए ।

ती समाचारहरु गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसका प्रमुख प्रा.डा. सुनिल अधिकारीले बताएका छन् । अधिकारीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्रिचन्द्र क्याम्पसको स्थानान्तरण सम्बन्धी हालै बाहिरिएका समाचारहरु गलत एवम् भ्रामक भएको र यस सम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसको तर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।’

क्याम्पस प्रमुख अधिकारीले एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवम् शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षा कोठाहरु २०७२ सालको भूकम्पले क्षति भएकाले पुनर्निर्माणका लागि अपिल समेत गरेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>