2021-03-06Saturday सुुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्चमा रिट – Online Khabar – Hamro Nepal

सुुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्चमा रिट – Online Khabar


१२ साउन, काठमाडौं । भूमिहीन र सुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता राजुप्रसाद चापागाईं, प्रकजकुमार कर्ण, विष्णुप्रसाद पोखरेल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सहरी विकास मन्त्रालय, वन मन्त्रालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनीहरुले जबर्जस्ती विस्थापनको रोकथाम तथा पुनः नदोहोरिने प्रत्याभूति गराउन र कुनै वस्तीबाट भूमिहीन र सुकुम्बासी परिवारलाई वासस्थानबाट विस्थापन नगर्नु नगराउनू भनी परमादेश माग गरेका छन् ।

त्यस्तै यस मुद्धाको अन्तिम टुंगो लाग्ने अवस्थासम्म जुनसुकै वस्तीबाट पनि सुकुम्बासी र भूमिहीनको उठीबास हुन सक्ने भन्दै कुनै पनि परिवारलाई वस्तीबाट विस्थापित गर्ने कार्य नगर्न नगराउन अन्तरिम आदेश पनि माग गरिएको छ ।

चितवनको माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट उठीबास गराइएका चेपाङ परिवारलाई यथाशीघ्र दिगो बसोबासको व्यवस्था मिलाउन पनि अन्तरिम आदेश माग गरिएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>