2021-03-01Monday गोरखामा संक्रमितको संख्या घट्दो, आइतबार थप तीन जना निको भएर घर फर्किए – खोजखबर – Hamro Nepal

गोरखामा संक्रमितको संख्या घट्दो, आइतबार थप तीन जना निको भएर घर फर्किए – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, साउन ११ गते ।
गोरखामा थप तीन जना कोरोना संक्रमित निको भएका छन् । गोरखा क्याम्पसमा रहेको क्वारेन्टाईन सहितको आइसोलेसन उपचार गराइरहेका अजिरकोट भीमसेन थापा र सिरानचोक गाउँपालिकाका तीन जना आइतबार डिस्चार्ज भएको त्यहाँ कार्यरत स्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।
उनीहरुको दोश्रो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने सल्लाह सहित घर पठाइएको हो । गोरखा क्याम्पसको आइसोलेसनबाट अहिले सम्म ४९ जना डिस्चार्ज भएका छन् । यी मध्य सबैभन्दा धेरै भिमसेन गाउँपालिकाका २४, शहिदलखन गाउँपालिकाका ७, पालुङटार नगरपालिका ८, गोरखा नगरपालिका ३, बारपाक सुलिकोट २, अजिरकोट २, र सिरानचोक गाउँपालिकाका तीन जना डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा भिमसेन थापा गापाको एक, शहिदलखन र सिरानचोक गाउँपालिकाका एकरएक गरी तीन जना उपचाररत रहेका छन् ।
योसँगै गोरखामा ९६ जना कोरोना संक्रमितको निको भएका छन् । १०७ संक्रमित देखिएको यहाँ अब ८ जनाको उपचार भइरहेको छ । गोरखामा कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ भने ९६ जना निको भएर घर फर्किएका छन् ।
गोरखामा झण्डै १५० जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आइतबार साँझ सम्म गोरखामा २ हजार ३११ जनाको पिसिआर परिक्षण भएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>