2021-02-26Friday ११ किलोमा अबरुद्ध सडक एकतर्फी खुल्यो, तर हिलोका कारण सवारी सञ्चालनमा समस्या – खोजखबर – Hamro Nepal

११ किलोमा अबरुद्ध सडक एकतर्फी खुल्यो, तर हिलोका कारण सवारी सञ्चालनमा समस्या – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, साउन ८ गते ।

अबिरल वर्षा पछि आएको पहिरोले भत्काएको गोरखा आँबुखैरेनी सडक (अम्मरसिंह मार्ग) एकतर्फी खुलेको छ ।
११ किलो स्थित भत्किएको सडकमा हिमपाइप हालेर एकतर्फी खुलाइएको गोरखा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । वडा कार्यालय र सडक विभागको समन्वयमा ४ वटा हिमपाइप राखेर तत्कालका लागि सवारी आवागमन सुचारु बनाइएको हो । गोरखा आँबुखैरेनी सडकको अन्य स्थानमा रहेका अबरोध पनि हटाएर एकतर्फी रुपमा सडक खुलाइएको छ ।
बुधबार साँझ सडक सुचारु गराइएपनि बिहीबार बिहानै देखि फेरी अबरुद्ध भएको छ । भत्किएको सडक निर्माणमा रातो हिलो माटो हालिएकाले सवारी सञ्चालनमा समस्या भएको छ । हिलोमा गाडी फसेका कारण लामा जाम भएको चालकहरुले बताएका छन् ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>