2021-02-24Wednesday लकडाउनका बाबजुद धार्चेमा ९० प्रतिशत योजना सम्पन्न, वित्तिय प्रगति भने ५८ प्रतिशत मात्र – खोजखबर – Hamro Nepal

लकडाउनका बाबजुद धार्चेमा ९० प्रतिशत योजना सम्पन्न, वित्तिय प्रगति भने ५८ प्रतिशत मात्र – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, साउन ८ गते ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकाले ५८ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । कोरोना संक्रमण रोक्न लगाइएको लकडाउन बाबजुद १८ करोड ६८ लाख ११ हजार २६ रुपैयाँ खर्च गरिएको अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । ‘धमाधम काम भइरहेका बेला लकडाउन भयो । लक्ष्य अनुसारको काम त गर्न सकिएन, उनले भने, ‘तर प्रगती भने निराशाजनक छैन ।’

गत आर्थिक वर्ष २०७६÷०७७ मा ३२ करोड २२ लाख १५ हजार ९७७ रुपैयाँको बजेट विनियोजन गरेको धार्चेले चालु तर्फ ६५ प्रतिशत वित्तिय प्रगती हालिस गरेको छ । जसमा ११ करोड ९३ लाख २४ हजार ५३७ रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ भने ४९ प्रतिशत मात्र प्रगती भएको देखिन्छ । यसरी हेर्दा पुँजीगत तर्फ ६ करोड ७४ लाख ८६ हजार ४८८ रुपैयाँ खर्च भएको लेखापाल तेजबिक्रम कुँवरले जानकारी दिए । सम्पन्न भएका योजनाको प्राविधिक मुल्याङ्कन कम भएकाले खर्च रकम थोरै देखिएको उनको भनाई छ । तर गाउँसभाले पास गरेका ९० प्रतिशत योजना सम्पन्न भएको धार्चे गाउँपालिकाले जनाएको छ । ‘योजनागत हिसाबमा काम राम्रै भएको हो । लकडाउनका कारण केही योजनामा काम हुन नसकेपनि हामीले अधिकाशं काम सम्पन्न गरेका छौं,’ अध्यक्ष गुरुङले भने, ‘काम हुनसकेका योजनाहरुलाई चालु वर्षमा निरन्तरता दिने हाम्रो प्रयास रहनेछ ।’

उक्त तथ्याङ्क भित्र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम भने समेटिएको छैन । धार्चेले चालु आर्थिक वर्षमा ३६ करोड बजेट विनियोजन गरेको छ । अहिले लगत स्टमेटको काम सुरु भइसकेकाले समय भै यो वर्षको बजेट कार्यान्यन हुने अध्यक्ष गुरुङले बताए ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>