2021-02-25Thursday साइत जुराएकै दिन रातो मत्स्येन्द्रनाथको रथारोहण स्थगितको सूचना – Online Khabar – Hamro Nepal

साइत जुराएकै दिन रातो मत्स्येन्द्रनाथको रथारोहण स्थगितको सूचना – Online Khabar


७ साउन, काठमाडौं । गुठी संस्थानले रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित गरेको छ । बुधबार दिउँसो साउन १० गतेको लागि तय गरिएको रथारोहण बुधबार राति नै सूचना जारी गरेर स्थगित गरिएको हो ।

गुठी संस्थान ललितपुर शाखा कार्यालयले जारी गरेको सूचनामा कोरोना भाइरसका कारण तोकिएको मितिमा रथारोहण हुन नसक्ने उल्लेख गर्दै नयाँ मुहूर्त जुराएर पुनः रथारोहणको मिति तय गर्ने उल्लेख गरेको छ ।

बुधबार बिहान रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको बताइएको थियो । गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो । तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको छैन ।

पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका कीर्तिमदन जोशीले रथारोहण दिउँसोको १२ः१० देखि १२ः२५ सम्म गर्ने र सोही दिन रथयात्रा सुरु गर्ने गरी मुहूर्त जुराएका थिए । स्रोतका अनुसार कोभिडका कारण सरकारले जात्रा पर्व खुला गर्ने निर्णय नगरेका कारण प्रशासनको निर्देशनमा संस्थानले रथारोहण स्थगित गरेको हो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>