2021-03-04Thursday लगातारको वर्षाले जनजीवन प्रभावित, ठाउँठाउँमा पहिरो, सडक अबरुद्ध – खोजखबर – Hamro Nepal

लगातारको वर्षाले जनजीवन प्रभावित, ठाउँठाउँमा पहिरो, सडक अबरुद्ध – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, साउन ६ गते ।
लगातारको वर्षाले सोमबार गोरखाको जनजीवन पूर्ण रुपले प्रभावित बन्यो । आइतबार राती देखि परेको अबिरल पानीले जिल्लाका विभिन्न ठाउँमा पहिरो गएका छन् । गोरखा आँबुखैरेनी (अमरसिंह मार्ग) सँगै जिल्लाका अधिकाश ग्रामिण सडकको विभिन्न ठाउँमा पहिरो गएका छन् । सवारी आवागमन ठप्प छ । लुँइटेल भन्ज्याङ हर्मी भच्चेक सडकको चिउरीबोट खण्डमा पहिरो जाँदा उक्त सडक पूर्ण रुपमा अबरुद्ध भएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । यसैगरी १२ किलो बारपाक सडकको नयाँसाँघु भालुस्वाँरा सडक खण्ड स्थित मुसे खोला नजिकै पहिरो गएको स्थानीयले बताएका छन् । उक्त सडकको तीन ठाउँमा ठूला र एक दर्जन भन्दा बढि साना खालका पहिरो गएका छन् ।
पहिरोले गण्डकी गाउँपालिका २ पातिस्वाँराको एक कच्ची सडक भासिदा स्थानीय खड्गबहादुर परियारको घर बस्न नमिल्ने गरी भत्किएको छ । उनको गोठमा रहेका ५ बाख्रा र १७ वटा कुखुरा पनि पुरिएका छन् । सोही ठाउँका खड्गबहादुर गुरुङको २ वटा बाख्रा मरेका छन् । मानबहादुर परियारको बा ७० प ५०८० नम्बरको मोटरसाइकल पुरिएको छ । धनबहादुर गुरुङको गोठ, अन्य एक व्यक्तिको गोठ, ट्वाइलेट समेत भत्किएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ । सो क्षेत्रका करिब ५० घरका २०० जना स्थानीय पुरानो गाबिस भवनमा आश्रय लिन पुगेका छन् । उनीहरुको घर पहिरोको उच्च जोखिममा परेपछि त्यहाँ सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । अजिरकोट गाउँपालिका ४ माउसुलिका रामबहादुर मगरको घर भत्किएको छ । उनको परिवार अहिले छिमेकीकोमा आश्रय लिइरहेको छ । सिरानचोक १ चयनपुरकी धनी तमाङको घर पहिरोको जोखिममा परेको छ । सोही ठाउँकी पूर्णकुमारी तमाङको गोठ भत्किदा ७ वटा बाख्रा मरेका छन् । वडा नम्बर ८ जौवारीका एकबहादुर बिकको घर भत्किएपछि उनको परिवारलाई छिमेकीकोमा सारिएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ नालपाङ जौबारीका काम गुरुङ र बिसन गुरुङको घर पनि पहिरोले बगाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै गोरखा नगरपालिका १३ तीनकिलोका भीमबहादुर मगरको घरमा पहिरोले क्षति गरेको स्थानीयले बताएका छन् । पालुङ्टार नगरपालिका ९ बिर्दीका एक दर्जन भन्दा बढि घर जोखिममा परेका छन् । खारखोलामा आएको बाढि बस्ती कटान गर्न थालेको स्थानीय रामकुमार श्रेष्ठले जानकारी दिए ।
दरौंदी, भसुण्डे, खारखोला, चेपे÷मस्र्याङदी, बुढीगण्डकी नदीमा आएको बाढीका कारण भर्खरै रोपिएको धान खेति समेत बाढीले बगाएको किसानहरुले गुनासो गरेका छन् ।

पहिरोले पुरिएर एक महिलाको मृत्यु

पहिरोले पुरिएर एक महिलाको ज्यान गएको छ । अबिरल वर्षापछि आएको पहिरोमा परेर गण्डकी गाउँपालिका–४ फुजेल कौदीकी ३६ वर्षीय लक्ष्मीमायाँ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
घर नजिकै रहेको बाख्राको खोरमा घाँस हाल्न जाँदा माथिबाट आएको पहिरोले मध्यान्न १२ बजे तिर उनलाई पुरेको स्थानीयलाई उदृत गरी प्रहरीले जनाएको छ । पहिरोले खोरमा रहेका ९ वटा बाख्रामा समेत पुरिएका छन् ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>