
सिँचाइका सव-इन्जिनियर घुससहित पक्राउ – Online Khabar
५ असार, काठमाडौं । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाराका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुससहित पक्राउ परेका छन् ।
नदी तटबन्धको लागि जाली लगाउने कार्यको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सव-इन्जिनियर जैसवालले घुस मागेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
घुस रकम लिएर आफूसँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुवै जनालाई कलैया नगरपालिका–४ बाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कोइरालाले बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More