2021-02-26Friday बागलुङको आगाखेत–बामियाँ जोड्ने झोलुङ्गे पुल शिलान्यास – Online Khabar – Hamro Nepal

बागलुङको आगाखेत–बामियाँ जोड्ने झोलुङ्गे पुल शिलान्यास – Online Khabar


४ साउन, बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा झोलुङ्गे पुल शिलान्यास गरिएको छ । आगाखेत–बामियाँ जोड्ने झोलुङ्गे पुलको गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले शिलान्यास गरेका हुन् ।

गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा विनियोजित ३७ लाख ५० हजार रुपैयाँ बजेटमा ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणको काम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

पुरानो पुल गत वर्ष वैशाखमा हुलुवा खोलामा आएको बाढीले बगाएपछि ओहोर–दोहोर गर्न समस्या भएको छ ।

झोलुङ्गे पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गैरेले गलकोट नगरपालिका बन्न लागेका पाँच वटा पुलमध्ये आगाखेत–बामिया जोड्ने झोलुङ्गे पुललाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>