2021-02-26Friday नियम तोडेपछि जोफ्रा आर्चर दोस्रो टेष्टबाट वञ्चित – Online Khabar – Hamro Nepal

नियम तोडेपछि जोफ्रा आर्चर दोस्रो टेष्टबाट वञ्चित – Online Khabar


१ साउन, काठमाडौं । इंग्लिस फास्ट बलर जोफ्रा आर्चरले नियम तोडेपछि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् । बायो सेक्युरिटी प्रोटोकल तोडेपछि उनी दोस्रो टेष्टबाट वञ्चित भएका हुन् ।

दोस्रो टेष्ट बिहीबारदेखि म्यानचेष्टरमा शुरु हुँदैछ । पहिलो टेष्टमा इंग्ल्याण्ड वेष्ट इन्डिजसंग ४ विकेटले पराजित भएको थियो ।

दायाँ हाते बलरले अब पाँच दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ भने अब खेलमा फर्कन कोभिड-१९ नेगेटिभ भएको दुईवटा रिपोर्ट चाहिनेछ ।

आर्चरले कस्तो प्रकृतिको नियम उल्लंघन गरेको भन्ने यकिन भएको छैन ।

‘मैले जे गरेँ त्यसका लागि म एकदमै माफी माग्दछु’ आर्चरको भनाई उदृत गर्दै इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले उल्लेख गरेको छ ।

उनले दोस्रो टेष्ट खेल्न नपाउदा आफूलाई निकै दु:ख लागेको बताएका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>