2021-02-25Thursday सामाजिक सुरक्षा भक्ता पाउनु पर्ने भूपू सैनिक संघ गोरखाको माग – खोजखबर – Hamro Nepal

सामाजिक सुरक्षा भक्ता पाउनु पर्ने भूपू सैनिक संघ गोरखाको माग – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार २९ गते ।
भूतपूर्व सैनिक र अन्य राष्ट्रसेवक कर्मचारीलाई पनि सामाजिक सुरक्षा भक्ता दिनु पर्ने नेपाल भूतपूर्व सैनिक संघले माग गरेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै संघले राज्यले दिने सहुलियतबाट बञ्चित नगराउन आग्रह गरेको हो । संघका जिल्ला अध्यक्ष डिलबहादुर थापाले भूपूहरुले आफ्नो जिन्दगी भर गरेको कामको प्रतिफलमा पेन्सन पाएको भन्दैमा सामाजिक सुरक्षा भत्ता नदिने भन्ने कुरा गलत भएको तर्क गरेका छन् । विदेशी सेनामा जागिर खानेहरुले आफ्नो ज्यान बाजीमा लगाएर मुलुकमा रेमिट्यान्स पठाएको तर अबकासपछि पनि राज्यले दोश्रो दर्जाको नागरिकको सूचीमा राख्नु गलत भएको उनको भनाई छ ।
सरकारले भूपूहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेसँगै त्यसको बिरोध सुरु भएको छ । जसअनुसार आइतबार देशभरका भूपू सैनिकहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>